Comments Add Comment

Advertisment

SKIP THIS

गायक अनिस नुमिहाङ् राई र सुनिता बान्तवा राईको ”शिरमा लगाउने फुल”सार्वजनिक

१७ पुष , काठमाडौ । पुर्वेली लोक दोहोरी गीत ”शिरमा लगाउने फुल” गायक अनिस नुमिहाङ् राई र सुनिता बान्तवा राईको स्वरमा रहेको  गीत बजारमा सार्वजनिक भएको छ ।

निकै नै रोमान्टिक अनि मायाँ पिरतीको कुरालाई समेटिएको उक्त गीतमा साहित्यकार तथा गीतकार लोकेन्द्र नुमिहाङ् सिलिन्टारेको शब्द रचना रहेको छ।

गाउँघर तिर बोलिने निकै नै मिठो अनि टिपिकल भाषामा आधारित सो गीतमा संगीत भने गायक तथा संगीतकार मनिपाल राईको रहेको छ। जस्लाई संगीत संयोजन राजु कार्कीले गर्नु भएको हो।

काठमाण्डौ को अनामनगर स्थित किङ् रेकर्डिङ स्टुडियोमा अडियो भिडियो तयार गरिएको उक्त गीतलाई सोही स्टुडियोको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै