वीरगंज । पर्सा प्रहरीले एक महिनाको अवधिमा ठुलो मात्रामा ५ करोड ८७ लाँख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री पक्राउ गरेको जनाएको छ ।
पर्साका विभिन्न नाकाहरुमा कडाई गरि प्रहरीले एक महिनाको अवधिमा चोरी पैठारी गरि ल्याएको अवैध सामग्री ५ करोड ८७ लाख ३६ हजार ७९९ रुपैया बराबरको बरामद गरि वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।

यस्तै २ करोड १० लाख ७८ हजार ६८१ रुपैयाँ बराबरको विद्युतीय सामग्री बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उपरीक्षक ढुंगेलले बताए ।
पक्राउ परेका सामग्रीहरू चैत ३० गते आज वीरगञ्ज भन्सार कार्यालयसँगै राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


