Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली कागजात बनाएर भिजिट भिषामा विदेश पठाउने गिरोहका थप चार जनालाई प्रहरीले पक्राउ

काठमाडौं । नक्कली कागजात प्रकरणमा फेरि चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली कागजात बनाएर भिजिट भिषामा विदेश पठाउने गिरोहका चार जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौं नयाँबानेश्वरका एसिई कन्सल्टेन्सीका सञ्चाल ३७ वर्षीय अनिष अमात्य, ललितपुर इमाडोलका प्रगती विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक ४५ वर्षीय गोपाल रिमाल, नयाँबजारको निप्पोन कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय पशुपति मैनाली र बढुानिलकण्ठको एस टु अबरोड कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय सागर चापागाईं छन्।

उनीहरूसँग रहेका विभिन्न व्यक्तिका नक्कली शैक्षिक प्रमाण पत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। यसअघि ९ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै