दाँतहरू झरेका सिंह हुँ म
सिकार गर भनेर नभन्नु

थला परेको घोडा हुँ म
प्रतिस्पर्धामा दौड नभन्नु
मान्छेमा बिग्रेको आकार हुँ म
मान्छे भनेर कहिल्यै नभन्नु ।।

मसंग न बिचार छ न त ज्ञान
अहमंताको डोको बोकेर
असहिष्णुताको भकारी हुँ म
ममा न संस्कार छ न आचरण
म त केवल पद हुँ आफ्नै पद ।।

मेराे बिबेकमा शुन्यता भरीएको छन्
म आफ्नै लागि जीतको आकार हुँ
जित्नु सीवाय मेरो अन्य लक्ष्य छैन
हराउनु मात्र मेरो निम्ति संस्कार हो
म पद हुँ आफैमा आफ्नो शक्क्ति ।।

मलाई सब ज्ञान छ अरू बेकार छन्
नाङ्गाहरूसंग पहिरनको रबाफ लगाउछु
भोकाहरूसंग मनग्गे बिचारहरूमा खेल्छु

अनि सपनाझै जीतको रांग अलाप्छु
म पद हुँ मान्छेको आकारमा प्रबृत्ति हुँ ।।