Comments Add Comment

Advertisment

SKIP THIS

सरकारी दस्तखत किर्ते अरोपमा त्रियुगा नगरका नायव सुब्बा गुरुप्रसाद ढकाल पक्राउ

काठमाडौं: सरकारी किर्ते आरोपमा सदरमुकाम त्रियुगा नगरपालिकाका नायव सुब्बा गुरुप्रसाद ढकाल पक्राउ परेका छन्। नगरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख तथा राजश्व परामर्श समितिका सदस्यसचिव ढकाल फरार अवस्थामा सोमबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सरकारी कागजातमा किर्ते दस्तखत गरेको आरोपमा उजुरी परेपछि त्रियुगा नगरपालिका ११ का ४७ वर्षीय ढकाल केही दिनयता फरार थिए। उनलाई खोजविनको क्रममा सोमबार फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले सरकारी कागजातमा किर्ते हस्ताक्षर गरेको उजुरी परे अनुसार अख्तियारबाट छानबिन गर्ने क्रममा नगरपालिकामा पत्र प्राप्त भएको बताए। राजश्व संकलन सम्बन्धी विभिन्न खाले सरकारी लिखतमा किर्ते हस्ताक्षर गरेको आरोपमा छानबिन गर्ने क्रममा ढकाल दोषी ठहरिने देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार नगरपालिकाले प्रशासन गुहारेको बस्नेतले बताए।

नगरपालिकाको अघिल्लो कार्यकालमा राजश्व शाखा प्रमुख तथा राजश्व परामर्श समितिको सदस्यसचिव रहेका बेला गरेको किर्ते कागजात बनाई प्रमुख प्रशासकीय अधिकृत, उपप्रमुखलगायत व्यक्तिको किर्ते हस्ताक्षर गरेको आरोपमा अहिले ढकाल पक्राउ परेको मेयर बस्नेतले बताएका छन्। ढकालमाथि नगरपालिकाको नदीजन्य पदार्थको ठेक्का प्रकरण र विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीले नगरपालिकामा राजश्वबापत बुझाएको विभिन्न शीर्षकको रकमको रसिदसमेत नक्कली बनाएको आरोप लागेको बस्नेतले बताए।

विदेश पढ्न जाने विद्यार्थीले नगरपालिकाबाट सिफारिस लिएबापत प्रतिव्यक्ति लिइने लगभग २६ हजार रुपैयाँको रसिदमा क्युआर कोड नहालेको पाइएकाले कतिपय विद्यार्थी पढाई छाडेर फर्कनु पर्ने अवस्था आएको पनि मेयर बस्नेतले बताए। ‘राजश्व सङ्कलनमा ढकाल धेरै थरी किर्ते गरेको आरोपमा मुछिँदै छन्’ मेयर बस्नेतले भने ‘किर्ते कागजात बनाई हाकिम र उपमेयरको किर्ते हस्ताक्षर गर्ने, विदेश पढ्न जाने विद्यार्थीलाई क्युआर कोडबिनाको सिफारिस पत्र दिएर रकम खल्तीमा हाल्ने कामसमेत उनले गरेको पाइएको छ।’

अख्तियारले त्रियुगाका ढकालसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कार्की र तत्कालीन नगरप्रमुख बलदेव चौधरीविरुद्ध पनि विशेष अदालतमा यसअघि नै मुद्दा दायर गरेको छ। ढकाल चौधरी र कार्की तीन जनालाई बिगो र जरिवानाको दाबी गर्दै विशेषमा मुद्दा दायर गरेको छ।

यसैबिच प्रहरीले मंगलबार बेलका नगरपालिका १ आम बासीबाट लागूऔषध ब्राउनसुगरसहित सप्तरीका बासिन्दालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले बेलका १ को आम बासीबाट ३५ ग्राम ७ सय ६० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित सप्तरीको सप्तकोसी नगरपालिका १ का २७ वर्षीय सयद महमद अफजलाई पक्राउ गरेको हो।

उनीहरु दुवैलाई मंगलबार जिल्ला अदालत उदयपुरबाट म्याद थपेर अनुसन्धान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए।

लागूऔषध र सरकारी दस्तखत किर्ते गरेको अभियोगमा फरक फरक ठाउँबाट २ जना पक्राउ परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै