Comments Add Comment

Advertisment

SKIP THIS

एम्बुलेन्स प्रयोग गरेर मानव बेचबिखन, कुवेत पठाउने भन्दै नयाँ दिल्ली लगेर यौन धन्दामा लगाउने एक जना पक्राउ

काठमाडौं: वैदेशिक रोजगारीका लागि कुवेत पठाउने भन्दै नयाँ दिल्ली पुर्‍याएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई बुधबार पक्राउ गरेको सूचना अधिकारी एवं एसपी गौतम मिश्रले जानकारी दिए।

पक्राउ पर्नेमा दाङ, बबई गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पूर्णबहादुर भण्डारी छन्।

उनले अर्का एक जनासँग मिलेर पीडितलाई कुवेत पठाइदिने भनेका थिए। त्यसका लागि भण्डारी आफैले लगानी गर्ने र कुवेत पुगेर कमाएपछि तिरे हुन्छ भनेर प्रलोभनमा पारेका थिए।

पीडित कुवेत जान तयार भएपछि काठमाडौंको नयाँ बसपार्कमा एउटा भाडामा लिएको कोठामा राखेका थिए। त्यहाँ १० दिन राखेर राहदानी बनाउन लगाएका थिए। त्यसका लागि आवश्यक रकम पनि भण्डारीले नै पीडितलाई उपलब्ध गराए। त्यसबापत उनले पीडितको हस्ताक्षर भएको बैंकको चेक लिएका थिए।

एसपी मिश्रका अनुसार पीडितलाई स्वास्थ्य परीक्षण र भिसाका लागि जानुपर्‍यो भनेर गत जेठ ११ गते काठमाडौंबाट एम्बुलेन्समा चढाएर बुटवलको एक होटलमा पुर्‍याइएको थियो।

भारतबाट विदेश जाने प्रक्रिया छिटो हुने भनेर विश्वासमा लिएर बसमा चढाएर नयाँ दिल्लीको विमानस्थल नजिकैको फ्ल्याटमा राखिएको थियो।

तर पीडितलाई डर भएपछि कुवेतमा शोषणमा पर्न सक्ने भन्दै पन्छिन खोजेकी थिइन्। तर त्‍यही फ्ल्याटमा राखेर यौन शोषण गरी अन्य भारतीय मूलका मानिसहरूसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाएको एसपी मिश्रले बताए।

एक महिनापछि असार १३ गते उनी उक्त फ्ल्याटबाट भागेर नेपाल फर्किएकी थिइन्। नेपाल आएर पीडितले भण्डारीविरूद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै