Comments Add Comment

Advertisment

SKIP THIS

हेटौंडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

बुधबार बिहान पौने ७ बजेतिर मोटरसाइकल हेटौंडाबाट नवलपुर जाँदै गरेको थियो।

मोटरसाइकलले डडेल्धुरा आतिलाल गाउँपालिका-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिएको हो।

प्रहरी जवान एडी (फिजिकल ट्रेनिङ- व्यायाम) पिटी गर्नेक्रममा दौडिरहेका थिए। त्यसक्रममा थानाभर्‍याङमा मोटरसाइकल अनियन्त्रित भई प्रहरी जवान एडीलाई ठक्कर दिएको थियो।

ठक्कर दिएर मोटरसाइकल पनि पल्टिएको डिएसपी भण्डारीले जानकारी दिए।

दुर्घटनापछि घाइते भएका प्रहरी जवान एडीलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको थियो। त्यहाँ चिकित्सकले साढे ७ बजे मृत घोषणा गरेको डिएसपी भण्डारीले बताए।

उनका अनुसार मोटरसाइकल चालक हेटौंडा-४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा पनि घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेको छ।

उनलाई पनि हेटौंडा अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै