नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला प्रहरी कार्यालय, बाँकेको सहकार्य तथा शिक्षण अस्पताल नेपालगंजको प्राविधिक सहयोगमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुवँरको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय बाँकेको प्राङ्गणमा “नि.शुल्क स्वास्थ्य शिविर” कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी निरीक्षक सुजन शाहले उद्घोषण गर्नु भएको उक्त कार्यक्रम उद्घाटनको क्रममा प्रमुख अतिथि लक्ष्मी कुँवरले गमलामा पानि हालि जेष्ठ १०७ वर्षका पुर्व प्रहरी हवल्दार हविब शेषको स्वास्थ्य परिक्षाण गरी बिधिवत रुपमा उद्घाटन गर्नु भएको थियो ।
स्वास्थ्य शिविर कार्यक्रममा बिशेषज्ञ डाक्टरहरुद्वारा ओ.पि.डि. ,दाँत, स्त्री रोग, बालरोग, सम्बन्धी प्रहरी कर्मचारीहरु, आश्रित परिवार, पुर्व प्रहरी कर्चारीहरुलाई स्वास्थ्य परिक्षण, परामर्श तथा नि:शुल्क औषधि बितरण समेत गरिएको थियो ।

उक्त कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायत, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष निलम कडायत, लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकी, जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा लगायत बाँके जिल्ला अन्तर्गतमा रहेका बिभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु, आश्रित परिवार तथा पुर्व प्रहरी कर्मचारीहरु समेत ३७५ जनाले स्वास्थ्य अवस्थाको चेकजाँच गरेका थिए ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा बिशेषज्ञ डाक्टरहरुद्वारा ओ.पि.डि. ,दाँत, स्त्री रोग, बालरोग, सम्बन्धी प्रहरी कर्मचारीहरु, आश्रित परिवार, पुर्व प्रहरी कर्चारीहरुलाई स्वास्थ्य परिक्षण, परामर्श तथा नि:शुल्क औषधि बितरण समेत गरिएको थियो ।
अन्त्यमा उक्त शिविर संचालनमा आफ्नो क्षेत्रबाट सहयोग तथा सहाकार्य गरी सफलतापुर्व शिविर संचालनमा योगदान पुर्याउने एसपी सुवास चन्द्र बोहरा, शिक्षण अस्पताल नेपालगंजका प्रशासन प्रमुख कुमार अधिकारी लगायत डाक्टरहरुलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नु भएको थियो ।


