‘फेसबुक’ लाई माध्यम बनाएर ४७ लाख ठग्ने गोरखाकी सुनिता काठमाडौंमा पक्राउ -
Comments Add Comment

‘फेसबुक’ लाई माध्यम बनाएर ४७ लाख ठग्ने गोरखाकी सुनिता काठमाडौंमा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् ।

२८ वर्षीया गुरुङले ४७ लाख ६८ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । फेसबुकमा ‘फ्लावर सप नगया’ नामको आइडी बनाएर म्यासेन्जरमार्फत जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फयाक्ट्रीमा रोजगारीका लागी पठाउँछु भनेर उनले रकम असुलेकी हुन् ।

पीडितहरूसँग रकम असुलेपछि उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई कुलेश्वर हाइटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै