Comments Add Comment

Advertisment

SKIP THIS

टुकुचामाथिको खाल्डो देखाउँदै बालेनले भने – खोलामाथि पुल बनाउनु पर्छ, घर र बाटो होइन्

२५ साउन ,काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले केहि घरहरू टुकुचा खोलामाथि रहेको बताएका छन् ।

महानगरपालिकाकै कार्यालय अगाडि परेको भ्वाङको भिडिओ सामाजिक सञ्जालमा राख्दै मेयर बालेनले यस्तो बताएका हुन्।

अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको पनि मेयर बालेनले बताए।

मेयर बालेनले भनेका छन्, ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन।’

मेयर बालेनले अब सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment