Comments Add Comment

Advertisment

SKIP THIS

तिहारको झिलिमिलिमा नेपालटार ट्राफिक प्रभागमा लक्ष्मीपूजा सम्पन्न

काठमाडौं, ३ कात्तिक । तिहार पर्वको अवसरमा काठमाडौंको नेपालटारस्थित ट्राफिक प्रहरी प्रभागमा आज लक्ष्मीपूजा विधिपूर्वक सम्पन्न गरिएको छ।

प्रभाग परिसर रंगीन बत्ती र फूलमालाले सजाइएको थियो। झिलिमिलि बत्तीहरूले सम्पूर्ण कार्यालयलाई उज्यालो बनाउँदै प्रहरी कर्मचारीहरू उत्साहका साथ पूजामा सहभागी भएका थिए।

कार्यक्रमको नेतृत्व ट्राफिक प्रहरी प्रभाग नेपालटारका इन्चार्ज प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) सुरेश कार्कीले गरेका थिए। उनले विधिपूर्वक लक्ष्मीपूजा सम्पन्न गर्दै सम्पूर्ण ट्राफिक प्रहरी र स्थानीय समुदायलाई शुभकामना व्यक्त गरेका थिए।

कार्कीले भन्नुभयो, “तिहार प्रकाश र सकारात्मकताको पर्व हो। हामीले पनि यही उज्यालो भावनासँग आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने संकल्प लिएका छौं।”

कार्यक्रममा प्रहरी अधिकृतहरू, ट्राफिक जवानहरू र स्थानीय समुदायका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सो अवसरमा प्रभागले सर्वसाधारणलाई सुरक्षित र जिम्मेवार यात्राको सन्देश पनि दिएको छ। तिहारका दिनहरूमा सवारी साधनको चाप बढ्ने भएकाले ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै