Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी रामदत्त जोशीद्वारा पोखरामा स्वास्थ्य शिविर उद्घाटन

२२ साउन , काठमाडौं । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले नेपाल प्रहरी र नागरिकको संयुक्त सहभागितामा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानी पोखराले बिभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा-१३ स्थित तारापुञ्ज आवासिय विद्यालयमा आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्नु भएको छ ।

No description available.

अस्पताल तथा औषधीको असहज पहुँचलाई मध्यनजर गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीले कास्की मोडेल हस्पिटल, गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती महाशाखा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसंगको सहकार्यमा उक्त नि-शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक जोशीले नेपाल प्रहरी नागरिक संगको सहकार्यका सधै तयार रहेको बताउदै गण्डकी प्रदेशलाई लागुऔषध तथा अन्य विकृति मुक्त प्रदेश बनाउन सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्रहरुले प्रहरीलाई सहयोग गर्ने अपेक्षा समेत व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अजय के.सी, पोखरा महानगरपालिका-१३ का वडाअध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment