Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरी प्रहरीले लालबाबु भण्डारीलाई पेस्तोल , म्याग्जिन र गोलीसहित पक्राउ

०८ बैशाख , काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीले २८ वर्षीय लालबाबु भण्डारीलाई पेस्तोल, म्याग्जिन र गोलीसहित पक्राउ गरेको छ ।

बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोलबाट भण्डारीलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् ।

विवाहको गाडीमा तोडफोड गर्दै स्थानीयहरूलाई आतंकित बनाएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी औरही र हातिलेटबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।

भण्डारीसँग प्रहरीको टोलीले अटोमेटिक चाईनिच पेस्तो १ थान, त्यसको म्याग्जिन १ थान र पेस्तोलमा लोड भएको मिस फायर गोली राउण्ड १ थानसहित पक्राउ गरेको एसपी पंगेनीले जानकारी दिए ।

पक्राउ परेका भण्डारीलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै