Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेनमाथिको आक्रमण बन्द गर्न मानवअधिकार एलाइन्सको माग

१४ फागुन, काठमाण्डौं । रसियाद्वारा युक्रेनमाथि शुरु गरिएको सैन्य आक्रमणप्रति मानवअधिकार एलाइन्सले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । कुनै पनि देशको सार्वभौमसत्तामाथि धावा बोलिनु लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने र विश्वशान्ति मा नै खलल पुग्न जाने तर्फ सचेत रहन एलाइन्सले अपिल गरेको हो ।

अध्यक्ष मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि सार्वभौम मुलुकलाई छिन्नभिनन् बनाउन र देश नै नियन्त्रणमा लिन उद्यत रहनु संयुक्त राष्ट्रसंघको वडापत्र विपरित हुनजान्छ । यसर्थ मानवअधिकार एलाइन्स रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथीको आक्रमण रोक्न माग गर्दछ र संवादमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई अपिल गर्दछ ।

युद्धका नाममा निहत्था नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न र विश्वशान्ति कायम गर्ने तर्फ संवेदनशील हुन मानवअधिकार एलाइन्स आग्रह गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै