Comments Add Comment

Advertisment

SKIP THIS

पेट दुखेपछि उपचार गराएका कैदीबन्दीको मृत्युु

२ पुष काठमाडौै । राजविराज कारागारका एक जना कैदीबन्दीको शुक्रवार मृत्यु भएको छ । पेट दुखेपछि उपचारका लागि अस्पताल भर्ना गर्ने क्रममै ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो ।

कारागारका जेलर सुमन कोइरालाले बिहान ८ बजेतिर पेट दुख्यो भनेपछि उपचारको लागि खतिवडालाई निजी क्लिनिकमा लगेपछि उनी क्लिनिकमै बेहोस भएको उनलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गराईको बताए ।

उपचारकै क्रममा उनको बिहान सवा ११ बजे मृत्यु भएको हो । उनको हर्ट एट्याकबाट मृत्यु भएको अस्पतालले जनाएको छ। सुनसरीको दुहबी(४ का खतिवडा कागजात कीर्ते गरी ठगीसम्बन्धी मुद्दामा १७ साउन २०७५ देखि पुर्पक्षका लागि कारागारमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment