२९ बैशाख , काठमाडौं । नुवाकोट छहरेमा १२ बर्षिय बालकले आत्माहत्या गरेका छन् ।

आत्माहत्या गर्नेमा रामकुमार बि क का १२ बर्षिय छोरा लिखु वडा नं ६ का बालक हिमाल बि.क रहेको जानकारी आएको छ ।
उक्त बालक अहिले कक्षा ७ मा अध्यनरत बिधार्थी थिए। आज बिहान आमा बाबुले मोबाईल धेरै चलायो भनेर पिटेको र यहि रिसमा बालकले मृत्यु रोजेको हुन सक्ने जानकारी ईलाका प्रहरी कार्यलय छहरेले जनाएको छ।


