Comments Add Comment

Advertisment

SKIP THIS

सुहाना फिचर्ड ‘भगवत् गीता’को औपचारिक घोषणा

३ भदौ , काठमाडौं । अभिनेत्री सुहाना थापा फिचर्ड फिल्म ‘भगवत् गीता’को औपचारिक घोषणा भएको छ ।

झरना थापाको निर्देशन बन्ने फिल्म ‘भगवत् गीता’को श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज युट्युवमार्फत औपचारिक घोषणा भएको हो । उक्त भिडियोमा जनकपुरको जानकी मन्दिरमा खिचिएको दृश्यमा सुहाना रामजानकी भक्तको रुपमा प्रस्तुत छिन् ।

उनी मन्दिर भित्रदेखि उत्साहित भएर दौडँदै बाहिर निस्किएको र बाहिर निस्किएपछि उनी एकाएक भावुक हुँदै आँसु झारेको दृश्य देख्न सकिन्छ । उनको शीरबाट मयुरको प्वाँख भुइँमा खस्छ र सोहीअनुसार फिल्मको टाइटल कम्पोज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै