Comments Add Comment

Advertisment

SKIP THIS

आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ

२८ कात्तिक , काठमाडौ । धारिलो हतियार प्रयोग गरी आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन् ।

गत मंसिर २७ गते कल्पना पाचकोटीको घरमा पाहुना आएका जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं। १ बस्ने वर्ष ४२ को काजी मोहरालाई घरायसी विवाद हुँदा उनको भान्जा सुजनले धारिलो हतियार (दाउ) ले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो । घटनामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रवक्ता एवं सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment