Comments Add Comment

Advertisment

SKIP THIS

बेलारुसले भन्यो, ‘युक्रेन र रुसबीचको शान्ति वार्ताका लागि स्थान तयार’

१६ फागुन, काठमाण्डौं । बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलको वार्ताका लागि स्थान तयार भएको बताएको छ । बेलारुसको यो बयान यस्तो समय आएको हो जब युक्रेनमाथि मस्कोको हमला पाँच दिन भइसकेको छ ।

वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिकै एउटा स्थान तयार पारिएको छ । युक्रेन आफ्नो राजदूतलाई त्यहाँ पठाउनका लागि तयार भएको छ ।

रिपोर्टका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसी आक्रमणमा समावेश हुनका लागि आफू सेना पठाउन तयार भएको बताइसकेका छन् । यति हुँदा हुँदै पनि युक्रेन आफ्नो प्रतिनिधिमण्डललाई वार्ताका लागि पठाउन तयार छ ।

बेलारुसका विदेश मन्त्रालयले सोसल मिडियामा रुस र युक्रेनको झण्डासहित टेबल, कुर्सीको तस्बिर साझा गर्दै लेखेका छन्, ‘रुस र युक्रेनको वार्ताका लागि बेलारुसमा स्थान तयार छ । प्रतिनिधिमण्डल आउँदै छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै