Comments Add Comment

Advertisment

SKIP THIS

मोदी भोलि लुम्बिनी आउँदै, देउवाले स्वागत गर्ने

०१ जेठ , काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि लुम्बिनी भ्रमणमा आउँदै छन् । २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउन मोदी लुम्बिनी आउन लागेका हुन् । स्थानीय तहको चुनावलगत्तै लुम्बिनीमा हुन लागेको मोदीको भ्रमणलाई विशेष चाँसोका साथ हेरिएको छ ।

मेला र पर्वलाई विशेष कुटनीतिका रुपमा प्रयोग गर्न चाहने मोदीको स्वगतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगिसकेका छन् । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै मोदीलाई आमन्त्रण गरेका हुन् ।

मोदीको सुरक्षाका लागि केही दिनअघि नै विशेष भारतीय वायु सेनाको टोली लुम्बिनी आइसकेको छ । मोदी भने सोमबार बिहान ११ बजे हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्नेछन् । मोदी लुम्बिनी आउने भएपछि बुटवल लगायत क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै