काठमाडौ । नेपाल प्रहरीमा डिआइजीकाे बढुवामा धेरै उथलपुथल हुने संकेत देखिएको छ।
सत्र वटा पद रिक्त भएको भए पनि प्रतिस्पर्धामा धेरै रहेका कारण यो अवस्था आएको हो । पहिलो र दाेस्राे समुहको चाैध महिना फराकिलो अन्तर भए पनि पहिलो समुहमा केवल तेह्र जना मात्रै रहेको कारण दाेस्राे समुहबाट प्रवेश गराउने बित्तिकै जाे शक्तिशाली छ त्यही प्रवेश मात्रै हाेइन अग्रपंक्तिमा आउने अबस्थामा आउने देखिन्छ ।
अर्कोतर्फ आइजिपी धिरज प्रताप सिंह नै झण्डै अठार महिना जुनियर भए पनि संगठन प्रमुख बनेको भन्दै केही एसएसपीहरू खुलेरै लागेका पनि छन् । तल्लो समुहबाट बढुवाको लागि कुबेर कठायत , भरत बहादुर बाेहरा , अशोक सिंह , सुदिप गिरी , दुर्गा सिंह , राजेशनाथ बांसताेला र किरण राणा प्रवेश हुने प्रतिस्पर्धामा रहेको कारण पनि अघिल्लो समुहबाट धेरै छुट्ने देखिन्छ ।
हाम्रो एउटा समाचारस्राेतले तल्लो समुहबाट अशोक सिंह , सुदिप गिरी , दुर्गा सिंह र किरण राणा मात्रै पर्न सक्ने बताउँछन् । यसबाहेक हालको राेलक्रममा पनि बढुवामा धेरै परिवर्तन हुने पनि अर्को समाचारस्रोत बताउँछ । यही तीस बर्षे नियम लागेमा अहिले जाे एक नम्बरमा हुनसक्छ त्यो भाेलि संगठन प्रमुखको दाबेदार हुने भएकोले पनि बढुवामा चर्को प्रतिस्पर्धा रहेको छ।
२०७५ माघ २६ मा एसएसपीमा बढुवा भएका थिए। पहिलो नम्बरमा सन्दीप भण्डारी, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा उमेशराज जोशी, चौंथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा दीपक थापा छन्।
त्यसैगरी, क्रमशः रामदत्त जोशी, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल बढुवा भएका थिए। यो टोलीभन्दा डेढ वर्षपछि २०७७ वैशाख ९ मा एसएसपी बढुवा भएकाहरू पनि तिव्र प्रतिस्पर्धामा छन्।
त्यतिबेला १९ जना एसएसपीमा बढुवा भएका थिए। जनक भट्टराई , बिष्णु कुमार केसी , कुबेर कठायत , भरत बहादुर बाेहरा , केदार ढकाल अशोक सिंह , सुदिप गिरी , दुर्गा सिंह , रवीन्द्र केसी , रााजेशनाथ बांसताेला , किरण राणा , लालमणि आचार्य , यज्ञ बिनाेद पाेखरेल , चन्द्रकुवेर खापुङ , अर्जुन चन्द ठकुरी , चक्र बहादुर सिंह , सुरेन्द्र प्रसाद मैनाली र डिल्लीराज पन्त दाेस्राे समुहका हुन ।



