Comments Add Comment

सेनिटाइजर र अक्सिजनको कालोबजारी ; एसएसपी अशोक सिहंको सफलता

२३ बैशाख ,काठमाडौं । क्षेत्रपाटीबाट विशेष सुचनाको आधारमा काठमाडौं परिसर बाट खटिएको प्रहरी टोलीले ६ सय लिटर सेनिटाइजर र ८ वटा अक्सोमिटर बरामद गरेको छ ।

सेनिटाइजर र अक्सोमिटर कारोबारमा संलग्न एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहले News24Galaxy टिमलाई जानकारी दिए । एसएसपी अशोक सिंहको अनुसार कोरोना महामारी तिब्र बढेको बेला अक्सोमिटर अक्सिजनको लेवल नाप्न प्रयोग गरिन्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बिना बिलका ५ लिटर दरका १ सय २१ ग्यालिन सेनिटाइजर बरामद गरेको छपक्राउ पर्नेमा सिरहाको लहान घर भए हाल क्षेत्रपाटीमा बीबीआर इन्टरप्राइजेज सञ्चालन गरी बस्ने भगवान राय राजपुत रहेका छन्। कोरोना महामारी तिब्र बढेको बेला अक्सिमिटर अक्सिजनको लेबल नाप्न प्रयोग गरिन्छ । उनले ७०० मूल्य पर्ने अक्सिमिटरलाई ३ हजारमा बेच्ने गरेको पाइएको छ ।

घटनाको छानबिन भईरहेको र ठगी मुद्दामा आबद्ध सबैलाई प्रहरिले अनुसन्धानकै क्रममा राखेको जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै