काठमाडौं ,काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले पदभार ग्रहण गर्नुका साथै जिम्मेवारी सम्हालेका छन् ।
डिआईजी पोखरेललाई स्वागत कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले वृत्तचित्र प्रद्धर्शन गरी ट्राफिक प्रहरीको गतिविधी सम्बन्धी प्रकाश पार्नुभएको थियो ।

डिआईजी पोषराज पोखरेलले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिदै आगामी दिनहरुमा थप उर्जाका साथ त्रुटीरहित तवरले सडक प्रयोगकर्ताको मनोभावनालाई बुझेर कार्य गर्न ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गर्नु भएको थियो । प्रहरी नायव महानिरीक्षक पोखरेल यसअघी नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा केन्द्रीय प्रवक्ताको रुपमा कार्यरत हुनुहुन्थ्यो ।








