Comments Add Comment

Advertisment

SKIP THIS

इच्छाराजलाई धरौटीमा छाड्न २ करोडको डिल भएको अडिओ सार्वजनिक, न्यायपरिषद् बैठक बस्दै

८ असार , काठमाडौं । ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश र अधिवक्ताबीच दुई करोडको डिल भएको खुलासा भएको छ ।

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच कुराकानी भएको अडिओ सार्वजनिक भएसँगै रहस्य खुलेको हो।

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई छुटाउन अदालतका न्यायाधीशले नै यसरी डिल गरेको घटना बाहिरिएपछि कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले चासो देखाएका छन् । उनले यसबारे छलफल गर्न आज दिउँसो १ बजे न्याय परिषद्को बैठकसमेत बोलाएका छन्।

न्युज २४ को टेलिभिजनको एक कार्यक्रममा उनीहरुबीच भएको टेलिफोन संवाद मंगलबार साँझ प्रसारण भएको थियो।

तामाङलाई काठमाडौँ जिल्ला अदालतले गत १४ पुसमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै