Comments Add Comment

Advertisment

SKIP THIS

“सांसद शिशिर खनालको पहलमा सडक निर्माण सुरु : तर वडाले पूर्व काङ्ग्रेस सांसदलाई दिँए श्रेय”

काठमाडौ , तारकेश्वर वडा नं. २ को कोइराले खोला हुँदै सिम्लेश्वर जाने सडक निर्माण कार्य सुरु भएको छ ।

 

संघीय सांसद् शिशिर खनालको पहलमा १० करोडको योजनाबाट सडक विभाग, सडक डिभिजन कार्यालय काठमाडौंले ७ करोडमा ठेक्का खुलाई निर्माण कार्य सुरु गरेको छ ।

यस विषयमा तारकेश्वर नगरपालिका वडा दुई भन्ने फेसबुक पेजमा गलत प्रचार गरिएको छ । जसमा “तत्कालिन माननिय श्री भिमसेनदास प्रधानद्धारा एक निर्वाचन क्षेत्र, एक रणनीतिक योजना अन्तर्गत विनियोजन भएको रकम ७ करोडको ठेक्का लागेको कुरा उल्लेख गरिएको छ ।”

वडाअध्यक्ष राधाकृष्ण खड्कीले वडाको फेसबुक पेजमा भिडियो पोस्ट गर्दै पूर्व रक्षामन्त्री तथा माननीय भिमसेनदास प्रधानको ९ करोड पैसाबाट काम सुरु भएको बताएका हुन् ।

यस विषयमा हामीले सडक विभाग, सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर उज्वल मिश्रसँग बुझ्दा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक योजना’ अन्तर्गत अहिलेका संघीय सांसद् शिशिर खनालले गर्नुभएको पहलकदमीको योजनाको ठेक्का लागेको बताउनुभयो । सो योजनाका लागि १० करोड बजेट भएपनि ७ करोडमा ठेक्का लागेको मिश्रले बताए ।

सांसद् शिशिर खनालसँग यस बारेमा बुझ्दा – कोइराले खोलाको १० करोडको योजना मात्र नभई अहिलेसम्म आफ्नो प्रयासमा संघबाट तारकेश्वरमा पर्न सफल भएका योजनाहरु सार्वजनिक गर्नेछौँ ।

संघीय सांसद् शिशिर खनालका सचिवालले यस बारेमा वडा कार्यालयको पेजबाट यस्ता गलत सूचना प्रचार गर्नु दुःखको कुरा भएको बताए । खनालका स्वकीय सचिव लोचन पौडेलका अनुसार गत वर्ष १ करोड बजेट विनियोजन भएको थियो भने यसपटक धेरै प्रयास गरेर १० करोड बजेट पारिएको बताएका छन् ।

पौडेलले कोइराले खोला हुँदै सिम्लेश्वर जाने सडकको ठेक्का खुलाउन आफुले कैयौंपटक चिठी बोकेर धाउँदा बल्ल ठेक्का परेको बताएका छन् ।

स्थानीय सरकारको वडा कार्यालयको आधिकारिक पेजबाट गलत सूचना प्रवाह गरेर जनतामा भ्रम छर्दै ३ वर्ष पछि पूर्व सांसद्ले बजेट विनियोजन गरेको योजनाको काम भन्दै प्रचार गर्न पाइदैन । हामीलाई एक स्थानीयले बताएअनुसार तत्कालिन अवस्थाका सांसद्ले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक योजना’ अन्तर्गत बजेट पार्न सक्नु भएको थिएन । अहिले सो कार्यका लागि सांसद् शिशिर खनालको पहलकदमीमा योजना परेर ठेक्का भई काम सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै