
१४ मंसिर , काठमाडौ । इटहरीमा निर्मुल भइसकेको यौन ब्यवसाय पुन फस्टाउदै गएको स्थानीयहरूले प्रहरी समक्ष गुनासो गरेका छन् ।

दिनको तुलनामा रातको समय इटहरी क्षेत्रमा यौन ब्यवसाय हुने गरेको स्थानीयहरूले प्रहरी समक्ष गुनासो राखेका हुन् । इटहरी क्षेत्रमा रहेका केहि लजहरूमा अहिले पनि यौन व्यवसाय हुने गरेको पाइएपनि स्थानीय निकाय बेखबर बनेको जनगुनासो छ ।
स्थानीयहरूका अनुसार होटल तथा लजहरूमा भन्दा पनि रातको समयमा खुल्ला रूपमा समलिङ्गिहरूले यौन ब्यवसायलाइ बढावा दिइरहेको गुनासो पोखेका छन् ।

हालै नया प्रहरी प्रमुखको रूपमा आएका डिएसपि खगेन्द्र खडकाले तेश्रो लिङ्गि वा समलिङ्गि ९अल्पसंख्यक०बाट यौनजन्य गतिविधिहरू हुने गरेको गुनासो आउने गरेको बताए । रातको समयमा मुख्य राजमार्ग हुदै गुडेका सवारीसाधनहरू रोकेर समलिङ्गिहरूले अनावस्यक दुखस् दिने गरेको स्थानीयहरूले गुनासो गरेको डिएसपि खडकाले बताए । केहि दिन यता कोशि राजमार्ग अन्तरगत इटहरी धरान रोड, इटहरी–इनरूवा रोडमा समलिङ्गिहरूले रातको समयमा पैदल यात्रि तथा सवारी साधनहरूलाइ रोकेर पैसा माग्ने, जबरजस्ति गाडि भित्र छिर्ने जस्ता अनावस्यक दुख दिने गरेको गुनासो बढेको हो ।
इटहरीको पश्चिम रोड अन्तरगत म्याजिक स्टेन्टमा अड्डा नै खडा गरि रातभरी हो हल्ला गर्ने, अपशब्द प्रयोग गर्ने र पैदल यात्रिहरूलाइ आतंकित पार्ने जस्ता कामहरू गर्ने गरेको प्रहरीकहा गुनासो आउने गरेको जनाइएको छ । गुनासो र मौखिक उजुरीको आधारमा इटहरी प्रहरीले तोकिएको क्षेत्रमा गस्ति गर्ने क्रममा लखेटने गरेपनि प्रहरी जान साथ फेरी भेला हुने गरेको बताइएको छ । राज्यले समलिंगिहरूको बिषयमा ठोस नीति बनाउन नसक्दा उनिहरूको ब्यवस्थापन गर्न कठिन भएको इटहरी प्रहरीका डिएसपि खगेन्द्र खडकाले बताए ।



