Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी विद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

१८ असार , काठमाडौं । लामो विवादमा फसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।

‘अध्यक्षज्यूको समूहले विधान विपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन्,’ असन्तुष्ट समुहका उपदेश यादवले भने, ‘संगठनलाई विद्यान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं ।’ उनका अनुसार सो आयोजक समितिले संगठनलाई विद्यान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसवाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरका विद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै