Comments Add Comment

Advertisment

SKIP THIS

ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेका पाँच जना प्रतिवादी पक्राउ

२४ असार , काठमाडौँ । ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका-६ घर भई हाल राजविराज नगरपालिका-८ बस्ने ३३ वर्षीय धनबीर साह, धनबीर साहकी श्रीमती ३२ वर्षीया सरिता देवी साह, राजविराज नगरपालिका-८ बस्ने ५५ वर्षीया अमरिका देवी साह, सोही ठाउँ बस्ने २५ वर्षीया रन्जु साह र २२ वर्षीया अर्चना कुमारी साह रहेका छन् ।

बलान बिहुल गाउँपालिका-५ घर भई हाल राजविराज नगरपालिका-८ बस्ने ४० वर्षीय विजय कुमार यादव, उनकी श्रीमती तथा छोरी समेतलाई धनबीर साह समेतका व्यक्तिहरूले असार १४ गते बिहान घरेलु हातहतियार प्रयोग गरी टाउको लगायत शरीरको सम्बेदनशील अंगहरुमा प्रहार गरी घाइते बनाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर ज्यान मार्ने उद्योग शीर्षकमा जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै