२४ असार , काठमाडौँ । नेकपा एमालेका नेताहरु दुर्घटनामा परेका छन् । एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा जाने क्रममा उनीहरु सिन्धुलीको भिमानमा दुर्घटनामा परेका हुन् ।
एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा एमाले नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देबराज राई लगायत नेताहरु घाइते भएका हुन् ।
उनीहरुको प्राथमिक उपचारपछि हेलीकोप्टरमा काठमाडौं पठाउने तयारी भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ ।


