Comments Add Comment

Advertisment

SKIP THIS

एसपी अजय केसीले कास्की प्रहरी प्रमुखको कमाण्ड सम्हाले

१७ साउन , काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) अजय केसीले कास्की प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् ।

केसीले सोमबारदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका हुन् ।

प्रहरी प्रमुखविहीन बनेको कास्कीको प्रहरी कमाण्ड सम्हाल्न काज सरुवामा एसपी केसी हिँजै मात्र कास्की (पोखरा) आइपुगेका हुन्।

केही दिन अघि मात्र नेपाल प्रहरी प्रधान कार्यालयले ११ जना (एसपी) काज सरुवा गरेको थियो।

यसअघि कास्कीमा कार्यरत एसपी प्रहरी उपरीक्षक (एसपी) रमेश थापा तालिमका लागि अमेरिका गएपछि प्रहरी प्रधान कार्यालयले एसपी केसीलाई कास्की प्रहरीको कमाण्ड सम्हाल्न कास्की पठाएको हो। एसपी थापा अमेरिका गएपछि कास्कीको प्रहरी कमाण्ड डीएसपी सुन्दर तिवारीले सम्हालेका थिए।

गत वर्ष असार २१ गते कास्की आएका थापा यस वर्षको असार २१ मै तालिमका लागि कास्कीबाट तालिमका लागि अमेरिका गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै