Comments Add Comment

Advertisment

SKIP THIS

मधेश प्रदेशमा गर्मी र वर्षातसँगै बढ्यो सर्पको बिगबिगी

२० साउन , काठमाडौं । मधेश प्रदेशका जिल्लामा गर्मी र वर्षायामका कारण सर्पदंश बढेको छ । अधिकगर्मी र वर्षाको पानीले दुलोहरू पुरिएपछि विषालु सर्पहरू बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा औसत रुपमा दैनिक ६ जनाको दरले सर्पदंशका बिरामी उपचारको लागि आउने गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा. मुकेश यादवका अनुसार सर्पदंशका बिरामी दैनिक ५ देखि ६ जनाको दरले उपचारको लागि आउने गरेका छन् । गत असार महिनामा १५० जना सर्पदंशका बिरामी उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

तराई मधेशका जिल्लाहरूमा प्रत्येक वर्ष जेठदेखि असोजसम्म विषालु सर्पको बिगबिगी हुने गरेको र यी महिनाहरूमा सर्प दशंकका बिरामी बढी आउने गरेका डा. यादवले बताए । प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश संर्पदंशका बिरामी निको भई घर फर्किने गरेको उल्लेख गर्दै डा.यादवले भने, ‘उपचारका लागि समयमै आउने अधिकांश बिरामी निको हुन्छ ।

तर, समयमा स्वास्थ्य उपचार नगराई धामी झाँक्रीकहाँ झारफुकको लागि जाने र बिरामीको अवस्था नाजुक भएपछि मात्रै आउने बिरामीलाई उपचार गर्न हामीलाई कठिनाइ हुन्छ ।’ गाउँघरमा अझै पनि विभिन्न अन्धविश्वासका कारण सर्पदंशका बिरामीलाई धामीझाँक्रीकहाँ लगिने गरेको घटनाहरू हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै