Comments Add Comment

Advertisment

SKIP THIS

‘लक्की ड्र’ स्क्याममा यसरी फस्दैछन् नेपाली

३ असोज , काठमाडौ । नेपालगन्जकी सरिता थारू (नाम परिवर्तन) सामान्य लेखपढ गर्न जान्ने मध्यम वर्गीय परिवारकी सदस्य हुन् । उनी नेपालगञ्जस्थित बीपी चोकमा आफ्ना पति राजेश थारू (नाम परिवर्तन) र छोरीसँग बस्ने गर्थिन् ।सरिताका पति राजेश प्रायः आफ्नो होटलमा नै बसिरहेका हुन्थे । सरिता भने छोरीसँग छुट्टै घरमा बस्थिन् । उनीहरूको भेट हप्तामा पनि विरलै हुने गर्थ्यो ।

सरिता प्रायः एक्लै हुन थालेपछि राजेशले उनका लागि स्मार्टफोन खरिद गरिदिए । नेपाली अक्षर मात्र पढ्ने जान्ने सरितालाई स्मार्टफोन प्रयोग गर्न केही असहज भइरहेको थियो । उनले धेरै कुरा आफ्ना पति र छोरीको सहयोगमा सिकिरहेकी थिइन् । उनका प्रायः आफन्त देशबाहिर भएकाले र नेपालमा भएका अन्य आफन्तसँग सामाजिक सञ्जालबाट कुरा गर्न सहज हुने भएपछि उनले मेसेजिङ एप इमो प्रयोग गर्न थालिन् ।

कोठामा वाई–फाई नभएकाले बेलाबखत उनी मोबाइल डेटा प्रयोग गरेर इमो चलाउँथिन् । त्यही इमोमा आएको मेसेजको भर पर्दा उनी थुप्रै पक्षबाट ठगिएकी छन् । एकपटक उनलाई इमोमा २५ लाखको चिठ्ठा परेको मेसेज आयो ।

त्यसभन्दा पहिले कहिल्यै यस्तो मेसेज नदेखेकी उनी सो मेसेज देख्नासाथ उत्साहित भएर सो खबर श्रीमान् राजेशलाई सुनाइन् । राजेशले सामाजिक सञ्जालमा हुने यस्ता घटनाबारे जानकार थिए । त्यसैले उनले सरितालाई त्यसमा विश्वास नगर्न सुझाव दिए । तर, सरितालाई स्क्यामरको कुराले २५ लाख रुपैयाँ पाउने कुरामा निकै विश्वास लागेको थियो ।

उनी स्क्यामरले गरेको अडियो कललाई आधार बनाएर आफूले २५ लाख पाउने कुरामा विश्वस्त थिइन् । सरिताले उक्त खबर, रकम हात परेपछि मात्र श्रीमानलाई सुनाउने योजना बनाइन् । स्क्यामरको गिरोहले उताबाट २५ लाख जितेको कुरा विश्वस्त बनाउन विभिन्न नक्कली प्रमाणहरू पठाइरहेका थिए । यिनै प्रमाणलाई आधार बनाएर सरिता स्क्यामरले भनेका सबै कुरा मान्न तयार भइन् ।

“मलाई यस्तो कुराको जानकारी थिएन,“ सरिता भन्छिन्, “उनीहरूले हाम्रो खातामा २५ लाख पठाइदिने भनेपछि हो जस्तो लाग्यो ।“ स्क्यामरले सबैभन्दा पहिले सरितालाई उनको खाता नम्बर पठाउन भनेका रहेछन् । उक्त खातामा पैसा ट्रान्सफर गर्दा सरकारी कर तिर्नुपर्ने भएकाले उनलाई छुट्टै ई–सेवा अकाउन्टमा ५ हजार पठाउन भनियो ।

उनले उक्त पैसा पठाउन केही समय लाग्ने जानकारी दिइन् । त्यसपछि स्क्यामरले पैसा आउन ढिलो हुने कुरा अनुमान गरे । पैसाको कुरा गरेपछि पनि स्क्यामरले उनलाई अर्को जालोमा फसाउन चाहन्थे । त्यसपछि स्क्यामरले उनको नम्बर प्रयोग गरी ह्वाट्सएप अकाउन्ट खोलेर सोही नम्बरबाट स्क्याम गर्ने योजना बनाए ।

“उताबाट इमोमा कल गरेर उनीहरुले ९स्क्यामर०ले मलाई एउटा नम्बर पठाएर त्यो नम्बरको ई-सेवा अकाउन्टमा पैसा पठाउन भने तर, मसँग पैसा थिएन । श्रीमानसँग मागेर पठाउँछु भनेर जवाफ दिए । उनीहरूले पैसा पठाउने काम केही समयपछि गरे पनि मेरो मोबाइलको मेसेजमा आएको ६ अङ्कको नम्बर पठाउन भने,“ थारूले भनिन्, “मैले पनि कसैलाई नसोधेर एसएमएसमा आएको नम्बर पठाएँ । त्यसपछि मलाई तपाईँ जस्तै धेरै मान्छेले कल गरिरहेका छन् ।“

सरिताले पैसाको मोहले आफ्नो मेसेज बक्समा आएको नम्बर कसैलाई नसोधेर पठाइन् । वास्तवमा त्यो नम्बर ह्वाट्सएपको ओटीपी नम्बर रहेछ । स्क्यामरले उनको नम्बर प्रयोग गरी ह्वाट्सएपको बिजनेस अकाउन्ट बनाएर थुप्रै मानिसहरूलाई स्क्यामिङको मेसेज पठाइरहेका रहेछन् । विभिन्न नेपाली ह्वाट्सएप प्रयोगकर्ता ९जसलाई यो स्क्याम हो भन्ने जानकारी छ० ले ह्वाट्सएपमा आएको उक्त मेसेज नेपाली नम्बर भएको थाहा पाएपछि कल गर्ने गरेका रहेछन् ।

त्यसपछि उनलाई बारम्बार धेरै नम्बरबाट एउटै प्रकृतिका कल आउने क्रम जारी रह्यो । “कति जनाले त पुलिसलाई खबर गर्छौँ भन्नुहुन्छ,“ सरिता भन्छिन्, “कतिजनाले कल उठाउने बित्तिकै गाली गर्न सुरु गर्नुहुन्छ । किन गाली गर्नु भएको भन्ने मलाई थाहा नै थिएन । मलाई डर लागिरहेको थियो ।“

उनलाई दैनिक ३० देखि ४० ओटा कल आइरहेका हुन्थे । कल गर्ने सबैलाई उक्त काम आफूले नगरेको जवाफ दिँदादिँदै हैरान भएकी सरिताले अन्ततः आँट गरेर सो कुरा आफ्ना श्रीमानलाई भनिन् । उनका श्रीमानले त्यो घटनालाई कसरी समाधान गर्ने भनेर बुझे । उनलाई सोही नम्बरबाट नयाँ ह्वाट्सएप अकाउन्ट खोल्न सुझाव आयो । त्यसपछि उनलाई त्यस्ता कल दिनमा दुई÷तीन ओटा मात्र आइरहेको सरिता बताउँछिन् ।

डिजिटल साक्षरताको अभावमा सोझा साझा व्यक्ति कसरी सजिलै स्क्यामरको फन्दामा परिरहेका छन् भन्ने एउटा उदाहरण हो । त्यसो त मोबाइल र इन्टरनेटको प्रयोग बढेसँगै सामाजिक सञ्जाल हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेको छ ।

सामाजिक सञ्जालकै प्रयोगले कतिपयको जीवनमा आमूल परिवर्तन आएको छ भने कतिपयको जिन्दगीलाई बर्बादितर्फ धकेलिदिएको छ । सामाजिक सञ्जालबाट विभिन्न नकारात्मक घटना ९ठगी, भेटघाटको निहुँमा लुटपाट, बलात्कार० भइरहेका समाचार दिनहुँ जस्तो आइरहेका हुन्छन् । यसलाई आधार बनाउने हो भने नेपालमा डिजिटल साक्षरतालाई मानिसहरूले स्वभाविक तरिकाले नलिएको देखिन्छ ।

पछिल्लो केही समयदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा (विशेषगरी ह्वाट्सएप र इमो) ’लक्की ड्र’ को नाममा ठगी गरेका घटना आइरहेका हुन्छन् । त्यस्तोमा कतिपयलाई आफ्नो नम्बर उनीहरूसँग कसरी पुग्यो भन्ने लागिरहेको हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै