
२३ असोज , काठमाडौ । महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक अशोक सिंहको प्रमुख आतिथ्यमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।



उक्त कार्यक्रम ६६ औ प्रहरी दिवस एंवम् शुभ विजया दशमी तथा शुभ दिपावलीको नेपाल सर्वध ११४२ तथा छठ पर्वको अवसरमा सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्र र स्वयम्भुको संयुक्त आयोजनामा अन्नपुर्ण पार्टी प्यालेसमा अन्तर्क्रिया कार्यक्रम सम्मपन्न भएको छ ।



सो अवसरमा एसएसपी अशोक सिंहले सम्पूर्णमा शुभकामना व्यक्त गर्दै भन्नुभयो, “उज्यालो र सुनौलो दिनको सुरुवात आजैबाट होस् ।” धार्मिक चाडपर्वहरुको सामाजिक, साँस्कृतिक र मनोबैज्ञानिक रुपमा महत्व हुनुको साथै शुद्ध आचरण प्राप्तिको लागि मौलिक महत्व पनि उत्तिकै हुने उहाँले उल्लेख गर्नुभयो ।


प्रायजसो समाजमा घट्ने विभिन्न प्रकृतिका अपराधहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले लागूऔषध दुर्व्यसनीको संलग्नता रहने उल्लेख गर्दै अपराध रहित समाज निर्माणको लागि लागूऔषध बिरुद्धको जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी अधिकृतहरु लगायत सामुदायिक सेवा मञ्चका समाजजिवी , बुद्दीजिवीहरूको उपस्थिति रहेको थियो ।




