Comments Add Comment

Advertisment

SKIP THIS

प्रयोजन विपरीत पावर टेलर चलाउने ४१ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

१८ पुष , काठमाडौं । काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा आइतबार गरीएको विशेष चेकिङमा प्रयोजन विपरीत चलाएका ४१ ओटा पावर टेलरका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

कृषी प्रयोजनमा दर्ता भएका पावर टेलरलाई अन्यप्रयोजनमा चलाइएको र ग्रामिण सडकमा चलाउने पावर टेलर हाइवेमा समेत चलाएको पाइएपछि ट्राफिक प्रहरीले आज विशेष चेकिङ गरेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को १२ (१) मा कुनै एक प्रयोजनका निम्ती दर्ता भएका सवारी अर्का प्रयोजनका निम्ती प्रयोग गर्न नपाईने उल्लेख भए अनुसार प्रयोजन विपरीत संचालन गरीएको पावर टेलरका चालकलाई कारवाही गरिएको काठमाण्डौ

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

त्यस्तै, हर्न बजाउने १०३ ओटा सवारी साधनका चालकलाई पनि आजै ट्राफिक प्रहरीले कारवाही गरेको छ । शहरी क्षेत्रमा ठुलो आवाजमा हर्न बजाउदा वृद्ध वृद्धा, बालबालिका र संवेदनशिल क्षेत्र (स्कुल तथा अस्पताल) मा प्रत्यक्ष असर पर्ने र ध्वनी प्रदुषण हुने हुँदा अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले सम्पुर्ण चालकलाई अनुरोध समेत गर्नु भएको छ । काठमाण्डौ
उपत्यकामा २०७४ वैशाख १ गते देखि नै हर्न निषेध गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै