Comments Add Comment

Advertisment

SKIP THIS

झापामा लिङ्गेपिङ हाल्ने चलन हराउँदै!

१५ असोज , काठमाडौँ । हिन्दूहरुको महान् चाड दसैँ सुरु भएसँगै झापाका गाउँदेखि सहर बजार सबै क्षेत्रमा लिङ्गे पिङ हालेर खेलिने चलन पुस्तौदेखि चलिआएको छ । पिङ अनि दशैं एक अर्काका पर्यायवाची जस्तै हुन् । तर, विगत केही वर्षदेखि जिल्लामा लिङ्गे पिङ हाल्ने चलन हराउँदै गइरहेको छ ।

विगतमा दसैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौँ दर्जन लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गर्दथ्यो । बिस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ ।

केही वर्ष अघिसम्म दसैँ, तिहारजस्ता चाडपर्वमा गाउँ सहर जताततै लिङ्गे पिङ हालिन्थ्यो, आआफ्ना साथीभाइ, दौँतरीसँग भेला भएर चचहुइई गर्दै पिङमा मच्चिएर रमाइलो गरिन्थ्यो तर पछिल्लो समय गाउँ गाउँमा खेलिने लिङ्गे पिङको चलन बिस्तारै हराउँदै गएको ज्येष्ठ नागरिकहरु बताउँछन् ।

दशैंको सुरुवातसँगै झापाका अधिकांश गाउँदेखि सहर बजार सम्म प्राय सबै स्थानमा पिङ हाल्ने चटारो हुन्थ्यो । सबै क्षेत्रमा लिङ्गे पिङ खेल्न पाइन्थ्यो । तर, हिजोआज त्यो चटारोमा कमि आएको छ । लिङ्गे पिङ हाल्ने चलन प्राय सबै ठाँउ हराउँदै गईरहेको छ । गाउँघरमा ‘सररर‘ चचहुई’ भन्दै पिङमा मच्चिन बालबालिकादेखि युवायुवती तथा बुढापाकाहरुमा तछाड् मछाड् हुन्थ्यो । तर, आजकाल यस्तो दृष्य कमै देखिन्छ ।

युवापुस्ताको यसबारेमा अरुचि तथा डिजिटल दुनियाँमा रमाउने चक्करमा पिङ हाल्ने र खेल्नेतर्फ कमैको ध्यान जान थालेको बेला समाजका अगुवाहरु पुःन त्यसलाई संरक्षण गर्नु पर्नेमा जोड दिन्छन् । उनीहरुले आफ्नो मौलिक परम्परा जगेर्ना गर्न लागि परेको पनि बताउँछन् ।

मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन थालेको प्रति स्थानीय जनप्रतिनिधिहरुको चासो बढ्न थालेको बताउँछन् । दशैंमा पिङ खेल्नु परम्परागत मौलिक तथा धार्मिक संस्कृति भएकाले यसलाई संरक्षण र प्रवद्धन गर्न आफूले लागि परेको उनीहरुको भनाई छ ।

पुराना पुस्ताले बसाएको संस्कृति नयाँ पुस्ताले बिर्सँदै गएकाले उनीहरुलाई पनि यसबारे ज्ञान दिँदै आफ्नो संस्कृति, परम्पराप्रति लगाव जगाउने उद्धेश्य आफ्नो क्षेत्रमा पिङ हालिदिएको मेचीनगरका जनप्रतिनिधि अर्जुन कुमार कार्की बताउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै