Comments Add Comment

Advertisment

SKIP THIS

दुई किलो युरेनियमजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ

१० पुष , काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट २ किलो युरेनियम जस्तो देखिने पदर्थसहित ३ जना पक्राउ परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय रवी चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका-२ बस्ने २२वर्षीय वृज सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका-७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए ।

Collage Maker-25-Dec-2022-01.42-PM1671955225.jpgउनीहरुबाट बरामद गरिएको उक्त वस्तुमा बिजुलीको बल्ब छुवाउँदा बल्ने गरेको छ । उनीहरुलाई आवश्यक कानुनी कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै