Comments Add Comment

Advertisment

SKIP THIS

इन्स्पेकटर सुवास तिमिल्सिना रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित

०७ फागुन , काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोजकुमार केसीले वडा प्रहरी कार्यालय भैरहवामा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनालाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कारसहित सम्मान गर्नु भएको हो ।

वडा प्रहरी कार्यालय भैरहवामा प्रहरी निरीक्षक तिमिल्सिनाले नेपाल प्रहरीको विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोले निजलाई पुरस्कार तथा कदर गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सुवास तिमिल्सिले विभागले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै रुपन्देही प्रहरी कार्यालयबाट संचालन गरीएको फरार अपराधी पक्राउ (FOP), नागरिक सूचना कार्ड,अवैध सामान बरामद, लागु औषध नियन्त्रण, मादक पदार्थ सेवन बिरुद्धको कारवाहीमा सवारी साधन नियन्त्रण लागएत बिभिन्न बिद्याहरुको निश्चित आधारमा उच्च Integrity Score प्राप्त गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायीक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले निजहरुको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसलाई निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित गर्न सम्मान तथा अभिलेखमा जनिने गरि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले नगद पुरस्कार दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment