Comments Add Comment

Advertisment

SKIP THIS

हुण्डी कारोबारविरुद्ध जनचेतनाका लागि मह जोडीको ‘हुण्डी’ (भिडियोसहित)

२८ फागुन , काठमाडौ । हुण्डी कारोबारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले छोटो चलचित्र ‘हुण्डी’ निर्माण भएको छ ।

मह जोडीको निर्देशन रहेको यो चलचित्रले हुण्डी कारोबारमा परेर मानिस कसरी ठगिने गरेका छन् भन्नेबारे जानकारी दिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वित्तीय सुरक्षासम्बन्धी जनचेतनामुलक सन्देश सञ्चारका लागि यो चलचित्र निर्माण गरिएको हो ।

४१ मिनेटको चलचित्रको सम्पादन भुपेन्द्र अधिकारले गरेका छन् । त्यस्तै, छायाँकन गोकुल अधिकारी र रामशरण उप्रेतीले गरेका छन् । चलचित्रमा हरिवंश आचार्य, सविन श्रेष्ठ, अनु शाह, किरण केसी, किरण तुलाधर, प्रिया रिजाललगायतले अभिनय गरेका छन् ।

नेपालमा बेलाबेलामा हुण्डी कारोबारीहरू पक्राउ पर्ने गरेका छन् । कानुनविपरीत राजस्व छलि गरी रकम एक ठाउँबाट अर्को ठाउँमा पठाउने कार्य हुण्डी कारोबार हो ।

विदेशमा श्रम बेचेर आएको पैसा निश्चित सेवा शुल्क तिरेर बैंक वा रेमिटेन्स कम्पनीमार्फत् घर पठाएर नै अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । तर, बैंकिङ च्यानलको सट्टामा अन्य दलालहरूको माध्यमबाट पैसा पठाउने क्रम बढेको छ । जसलाई हुण्डी कारोबार भनिन्छ । त्यसले अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । यही कानुनविपरीतको कार्यविरुद्ध जनचेतना जगाउन यो चलचित्रको निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै