Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी बुद्धिराज गुरुङ र नेपालका लागि जापानीज दुतावासका सचिवसँग भेटघाट

फागुन-१७, पोखरा – गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक बुद्धिराज गुरुङले नेपालका लागि जापानी दुतावासका द्धितिय सचिव योसिमुरा केन्जी (YOSHIMURA KENJI) संग भेटघाट गर्नुभएको छ ।

गण्डकी प्रदेशमा जापानीज नागरिकहरुको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आउनु भएका केन्जीसंग भेटघाट गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गुरुङले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थिति सामान्य र पर्यटकहरुका लागि उपयुक्त रहेको बताउनुभयो ।

भेटघाटका लागि आउनुभएका केन्जिका प्रश्नहरु लाई स्पष्ट पार्दै गण्डकी प्रदेश प्रहरी प्रमुख गुरुङले गण्डकी प्रदेशमा जापान लगायत सबै देशका नागरिकहरुलाई सम्मानको नजरले हेर्ने गरिएकोले कुनै पनि विदेशी नागरिकको सुरक्षामा चुनौति नरहेको उल्लेख गर्दै विदेशी पथ पर्यटकहरुलाई पथ प्रदर्शक बिना एक्लै नहिड्न सल्लाह दिने गरेको जानकारी गराउनुभयो ।

यसका साथै गुरुङले गण्डकी प्रदेशमा रहेको पर्यटक प्रहरीले समेत पर्यटकहरुलाई सुरक्षाका विषयमा आवश्यक सुझाव र जानकारी दिईरहेको र पर्यटकहरुको सुरक्षार्थ दुतावाससंग सूचनाहरु आदान प्रदान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको बताउदै जापानीज नागरिकरुलाई पोखरा लगायत गण्डकी प्रदेशको भ्रमण सुरक्षित रहेको सन्देश दिन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै