Comments Add Comment

Advertisment

SKIP THIS

मेसेन्जरमा भिडिओ कल गरी अश्लीलता प्रदर्शन गरेको आरोपमा तुफान केसी पक्राउ

काठमाडौं, भिडिओ कलमा अश्लीलता प्रदर्शन गर्ने एक युवक पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा फेसबुक मेसेन्जरमा भिडिओ कल गरी अश्लीलता प्रदर्शन गर्ने अर्घखाँची घर भई ललितपुर महानगरपालिका- १९ बस्ने २९ वर्षीय तुफान केसी पक्राउ परेका हुन्।

उनलाई सोमबार काठमाडौंबाट पक्राउ गरिएको साइबर ब्युरोको प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए।

फेसबुक भिडिओ कलमा अश्लीलता प्रदर्शन र अपमानजनक शब्द प्रयोग गरी चरित्र हत्या गरिएको भन्दै पीडित महिलाले ब्युरोमा उजुरी दिएकी थिइन्।

अनुसन्धानको क्रममा केसी रहेको खुल्न गएकाले पक्राउ गरिएको एसपी रायले जानकारी दिए। उनलाई विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो।

काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी रायले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै