Comments Add Comment

Advertisment

SKIP THIS

साङ्गीतिक क्षेत्रकी नव प्रतिभा सिम्रन परियार फेरि काठमाडौं आएर गायनमा व्यस्त

साङ्गीतिक क्षेत्रकी नव प्रतिभा सिम्रन परियार फेरि काठमाडौं आएर गायनमा व्यस्तसाङ्गीतिक क्षेत्रकी नव प्रतिभा सिम्रन परियार फेरि काठमाडौं आएर गायनमा व्यस्त बनेकी छन् । यसैसाता काठमाडौं आएकी उनले धमाधम गीत रेकर्ड गराइरहेकी छन् ।

बिहीवार गायक प्रमोद र सिम्रनको युगल स्वरमा गीत रेकर्ड भएको छ । सुनील बिसीको शब्द एवं संगीत, विशाल निरौलाको एरेन्ज रहेको उक्त गीत रेकर्डिङका तस्वीरहरू प्रमोदले फेसबुकमा पोष्ट गरेका छन् ।

सिम्रनले गायक अर्जुन सापकोटासँग पनि गीत गाएकी छन् । उक्त गीत शनिवार सार्वजनिक गर्ने तयारी छ । त्यस्तै, गायक एवं संगीतकार श्रीधर अधिकारीले पनि सिम्रनसँग दोस्रो पटक साङ्गीतिक सहकार्य गरेका छन् ।

‘संसारकी प्यारी आमा’बोलको उक्त गीत शुक्रवार दिउँसो सार्वजनिक हुँदैछ । बागलुङकी १८ वर्षीय सिम्रन युट्युब अन्तवार्ताको गायकीका कारण एकाएक भाइरल भएकी थिइन् । सामाजिक सञ्जालमा प्रशंसा पाएपछि उनले काठमाडौं आएर गीत रेकर्ड गराउने अवसर पाएकी थिइन् ।

सञ्चारकर्मी भोजराज थापाले उनलाई काठमाडौं ल्याएर गीत रेकर्डिङको चाँजोपाँचो मिलाएका थिए ।

यसअघि एकसाता काठमाडौं रहँदा सिम्रनले १४ वटा गीतमा स्वर दिएकी थिइन् । ​जसमध्ये धेरै गीतहरूले चर्चा पाएका थिए ।​

त्यसबेला गीतका अफरहरू लगातार आइरहे पनि पढाइ छुट्ने भएकाले अफर आएका गीतहरू छाडेर उनी बागलुङ फर्किएकी थिइन् ।

यसपटक फेरि काठमाडौं आएर गायनमा व्यस्त बनेकी उनी बागलुङमै कक्षा १२ मा अध्ययनरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै