Comments Add Comment

Advertisment

SKIP THIS

बुद्ध जन्मस्थलको विकास गर्दै पर्यटन क्षेत्रसँग जोड्नुपर्छ : विष्णु पौडेल

३० जेठ , काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बुद्घ जन्म स्थलको विकास गर्दै पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् ।

पद्म चैत्य बिहारको १ सय ८ औं स्थापना दिवस तथा नवनिर्मित तुलसी युक्त धम्म भवनको आइतबार उद्घाटन गर्दै देशको आर्थिक समृद्धि पर्यटन र कृषिको आधुनिकरणबाट सम्भव रहेको बताए ।

बिस १९७१ सालमा सिहबीर बज्राचार्य काठमाडौबाट बुटवल आएर बुद्घप्रचार गर्ने सोचका साथ कालोमाटोबाट बुद्घ चैत्य स्थापना गरेको भन्ने ईतिहास रहेको छ ।

पुरानो चैत्यलाई वर्षेनी मर्मत गरिदै आएको भएपनि निक्कै पछि मानमुनीले बिहारलाई विधिपुर्वक निर्माण र ढलोटको बुद्घमुर्ति स्थापना गराएका बिहारका संरक्षक बिमल बहादुर शाक्यले बताए ।

कमलको स्वरुपमा रहेको स्पद्म चैत्य कर्म बिहार नामाकरण भएको उनले बताए । बिसं २०५४ सालमा स्थानिय निर्वाचन पछि बिहारलाई थप सौन्दयीकरण गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष सुरेशरत्न बज्राचार्यले बौद्ध तिर्थयात्रीहरुलाई सेवा दिने गरि विहारको स्थापना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै