चैत १०, काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक कार्यक्रम गरी विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरबाट खटिएका ट्राफिक स्वयम् सेवकहरूलाई प्रमाण पत्र हस्तान्तरण गरेको छ ।
कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले विश्व निकेतनका विद्यार्थीहरू ट्राफिक स्वयम् सेवकहरूलाई प्रमाण प्रत्र दिएर सम्मान गरेका हुन । कार्यक्रममा महाशाखाका प्रमुख एसएसपी जोशीले ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई आम प्रवृत्तिको रूपमा विकास गराउन सफल भएकोमा धन्यवाद तथा उज्ज्वल भविष्यको शुभकामना समेत गर्नुभयो । विश्व निकेतनका प्रिन्सिपल हेरम्बराज कँडेलले आगामी दिनमा पनि ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग तथा सहकार्य गरी अघि वढ्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विश्व निकेतनका विद्यार्थीहरूले एसएसपी उमेश राज जोशीसँग सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया समेत गरेका थिए । महाशाखाले सडक सुरक्षा तथा सडक प्रयोग गर्दा पूर्ण रूपमा फुटपाथ, ओभरहेडब्रिज तथा जेब्राक्रसिङको प्रयोग लगायत ट्राफिक नियम पालना गर्ने तर्फ उत्प्रेरित गराउनका लागि गीता एभियसनका ३५ जना विद्यार्थीलाई ट्राफिक स्वयम् सेवक रूपमा प्रशिक्षण प्रदान गरी परिचालन गरिएको थियो । पिक आवर समयमा काठमाडौँ उपत्यकाको पुत्तलीसडक, पद्मोदयमोड, रत्नपार्क, विर अस्पताल र नयाँ बानेश्वरमा ट्राफिक स्वयम् सेवकका रूपमा काम गरेका थिए ।
ट्राफिक स्वयम् सेवकलाई प्रमाण पत्र हस्तान्तरण तथा सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
३
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
४
५
तारकेश्वरमा The Uncounted Youths र Anahata Nepal को संयुक्त युवा अन्तरक्रिया सम्पन्न
२०८३ बैसाख २६ गते , शनिबार
६
तारकेश्वरकी महिलाको शव शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला, हत्या स्वीकार्दै आरोपी पक्राउ
२०८३ बैसाख २२ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment


