Comments Add Comment

Advertisment

SKIP THIS

गाजाको अस्पतालमा इजरायलको रकेट आक्रमण, अधिकांश बालबालिकासहित ५ सयभन्दा बढीको हत्या

१ कात्तिक , काठमाडौ । गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौँ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

मङ्गलवार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् ।

प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा बालबालिकासहित ५०० सय बढीको निधन भएको छ । अधिकांश प्यालेस्टाइनी मारिएको बताइएको छ । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो ।

संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलवार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् ।

आक्रमणमा परी सयौँ मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन् ।

‘हामीलाई यो नरसंहारको पूर्ण मात्रा थाहा छैन, तर के स्पष्ट छ भने हिंसा र हत्याहरू पूर्णरूपमा रोकिनुपर्छ’, यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ टर्कले भने, ‘नागरिकहरूलाई सुरक्षित गर्नुपर्दछ र मानवीय सहायता प्रदायकहरूलाई त्यहाँ तुरुन्तै पुग्न अनुमति दिनुपर्छ ।’

मिडिया रिपोर्टका अनुसार गाजाको मध्य क्षेत्रमा रहेको शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मङ्गलवार दिउँसो आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो । त्यहाँ शरण खोजिरहेका करिब ४,००० मानिसहरूले लागि आश्रय लिइरहेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले मङ्गलवार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment