Comments Add Comment

Advertisment

SKIP THIS

बक्सिङ खेलाडी नीता भक्तपुर घरमा मृत भेटिइन्, एक युवकलाई प्रहरीले पक्राउ

काठमाडौं, ४ माघ । भक्तपुरमा एक महिला बक्सिङ खेलाडी घरमा मृत भेटिएकी छिन्। मंगलबार साँझ ८ बजे आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा नीता गोसाई मृत भेटिएकी हुन्।

परिवारका सदस्यले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। २७ वर्षीया गोसाई सशस्त्र प्रहरी बल(एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी थिइन्।

स्रोतका अनुसार गोसाईको आगामी फागुन २ गते विवाह हुँदै थियो। भक्तपुर प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको जनाएको छ। मृतकका परिवारले एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी पनि दिएका छन्। ती युवकले दिएको यातनाका कारण घटना भएको मृतकका आफन्तको दावी छ।

प्रहरीले ती युवकलाई पक्राउ गरेको छ। विगतको सम्बन्धका विषयमा युवकले नितालाई यातना दिने गरेको जाहेरीमा दावि गरिएको छ।नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन्। नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन्। उनको करियरको सबैभन्दा ठूलो उपलब्धी यही नै थियो। अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्न बाँकी थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै