Comments Add Comment

Advertisment

SKIP THIS

रक्तचन्दनको तेलसहित दुईजना पक्राउ

१७ मंसिर काठमाडौ । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार गरेको आरोपमा बूढानीलकण्ठ नगरपालिका–५, पञ्चकुमारी मन्दिरनजिकबाट तेलसहित काठमाडौँको बालाजु बस्ने रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भएका २७ वर्षीय रामबहादुर खत्री र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ बस्ने कास्कीको लेखनाथ घर भएका ४० वर्षीय गंगाबहादुर पुनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय हात्तीसार पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै

फरार प्रतिवादीहरु पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

ब्राउन सुगर सहित एक जना पक्राउ