
२६ असोज , काठमाडौ । अछामको चौरपाटी गाउँपालिकामा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ ।
पालिकाको वडा नम्बर ७ मार्कुमा लाग्ने दशैँ मेलाबाट फर्कने क्रममा वडा नम्बर १ का शंकर साउँदमाथि शुक्रबार राति एक समूहले धारिलो हतियार प्रहार गरेको हो ।
उनीहरुले प्रारम्भिक सोधपुछका क्रममा खुडा प्रहार नगरेको तर वियरको बोलत हानिएको बयान दिएका छन् । घटनामा घाइते भएका साउँदलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरी चौकीमा निवेदन मात्रै परेको बताइएको छ । मुद्धा दर्ता भने गरिएको छैन ।
घाइतेको उपचार गरेर फर्किएपछि मात्रै थप छलफल हुने प्रहरीले जनाएको छ । घाइते भएका साउँदको गर्धन नजिकै ठूलो चोट लागेको छ भने टाउँको र हातमा पनि चोट लागेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।
