Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा कसरी आइपुग्यो ओमिक्रोन ?

२० मंसिर, काठमाडौ  । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सोमबार दुई जनामा ओमिक्रोनको संक्रमण देखिएको हो ।
 
 
स्वास्थ्य मन्त्रालयका अनुसार मंसिर ३ गते त्रिभुवन विमानस्थलमा आएका एक जना ६६ वर्षीय विदेश र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय वृद्धमा ओमिक्रोन देखिएको हो ।
 
उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको छ ।
 
दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । उनीहरूको सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गर्दा कसैलाई पनि संक्रमण देखिएको छैन ।
 
स्वास्थ्य मन्त्रालयको विज्ञप्ति
 
कोभिड(१९ को भाइरसमा नयाँ उत्परिवर्तन ९म्युटेसन० देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ। यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरूमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरूमा आजको मितिसम्म ५७४ जना ओमिक्रोन भेरिएन्ट संक्रमित देखिएका छन्।
 
विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षिण एसियाका केही देशहरूमा समेत यो भेरियन्ट पुष्टि भैसकेको छ। यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ। यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको छ
 
नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेको खोपको विवरण लिने गरेको लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ। एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरूको नमुना संकलन गरी पिसिआर गर्ने र शंकास्पद नमूनाहरूको जिन सिक्वेन्सिङ गर्ने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment