Comments Add Comment

गण्डकी

List Grid
अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका छन् ।
प्रधानमन्त्री शाह शुक्रबार पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी दिउँसो करिब ३ बजे रिसोर्ट पुगेको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शाहको यो भ्रमण पूर्ण रूपमा पारिवारिक रहेको छ । सरकारी वा राजनीतिक कार्यक्रम नरहेको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शाह आज राति सोही रिसोर्टमा बस्नेछन् भने शनिबार त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका रहेको छ ।
कास्कीको अस्ताम प्राकृतिक सौन्दर्य र ग्रामीण पर्यटनका लागि परिचित क्षेत्र हो । अन्नपूर्ण इको भिलेज रिसोर्ट माछापुच्छ्रे गाउँपालिका–६ मा रहेको पर्यटकीय …

नेपाल प्रहरीका डिएसपी जय रिमालको कविता : रातको प्रहरी

रात छिप्पीन लागेको छ,
एक निलो बर्दीधारी सुस्तरी आग्लो खोल्दै बाहिर निस्कन्छ,
झकाउन लागेको सन्तानले चिन्तित भावमा
“बाबा, कतिबेला फर्कने?” भन्ने जिज्ञासा सहित हेर्दा,
गेट समेत नि:शब्द हुन्छ,
सायद यसलाई पनि चित्त बुझेनछ क्यारे !
बहिनीको बिहेको सल्लाह हुँदै थियो,
पारीवारिक सल्लाह अपुरै थियो,
आफ्नो चाहना सुनाउन नपाएकी श्रीमती ठुस्किंदै थिइन,
उ भने अँध्यारो गल्लीमा, सुरक्षाका दीप जलाउँदै,
आफैंलाई समाहित गरी गस्ती गर्दै थियो ।
उसको पहरेदारीमा हजारौं परिवार निश्चिन्त निदाउँछन्,
पुलकित हुँदै घरी तन्द्रामा त घरी निद्रामा बरबराउँछन्,
आनन्दित हुन्छन्, सुगन्धित सपना देख्छन्,
तर उ भने, राष्ट्रको धड्कन बचाउन आफ्नै मुटु जलाउँदै छ ।
उ बोल्छ कम तर सुन्छ ज्यादा,
सायद प्रशिक्षणले उसलाई यस्तै बनाएको …

डिएसपी दिनेश घिमिरेको दुई सय ३औं कविता : कसले पढला मलाई

कसले पढला मेरा आखाँहरूलाई
त्यहाँ धेरै प्रेमील दृष्टान्तहरू छन्
जीवनका कैयन् उतारचडाबहरू छन
मेरा अनुभब,अनुभूतिलाई कस्ले पढला।।
मेरा आखाँहरूबाट एक पटक मलाई हेर
म पनि त छु तिमी जस्तै यस संसारमा
मेरो कल्पनाले मलाई एकपटक हेर
मेरो पनि त संसार छ तिम्रो जस्तै।।
कस्ले पढला मेरा मनहरूलाई
त्यहाँ जीवनका धेरै आयामहरू छन्
सुझबुझका अमुर्त भेदहरू रहेका छन्
एक पटक मेरा मनहरूमा बसेर त हेर।।
कसैले पढिँदेला मलाई आफ्नै हो भनेर
भन्नुपर्ने कथाहरूले भरिएका छन छातीहरू
कस्ले पो पढिँदेला मेरा जीवनका गाँथाहरू
कोही छन् मलाई पढने क्षितिजमा हेरिरहन्छु
आकाशलाई भन्छु हे आकाश तिमी पढ मलाई
मेरा आखाँहरूबाट मैले बुनेको जीवनलाई पढ
आखाँहरूले नबोली बोकेका आँशुहरू पढ
तिमी बाहेक यो संसारमा …

डिएसपी दिनेश घिमिरेको दुई सय औं कविता : शुभकामना दिपावलीको

अलिअलि खुशीमा डर छ जस्तो
आफैलाई बुझाँउन नसकेको जस्तो
आफ्नैका भूमरीमा नरभुल्ल हुदै
हिडदै हिडदै आयो है तिहार।।
नमिल्ने केही कुराहरू मिलाउनु पर्ने
सम्बन्धहरूको गाठो फुकाउनु पर्ने
बर्षको दिनाङ्कमा उज्यालो बोक्दै
हिडदै हिडदै आयो है तिहार।।
प्रकृति जगमा ढकमक्क फुलेको
पंन्छी र जनावरमा सम्बन्ध खोजेको
उज्यालोमा रमाउँछ है जीवन भन्दै
हिडदै हिडदै आयो है तिहार।।
कोही कसैसंग बैरीभाव नहोस्
नाता र सम्बन्धको सगरमाथा बनोस्
प्रकृति र जीबमा अटुट सम्बन्ध बनोस्
शुभकामना सबैमा शुभ दिपावलीको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

प्रहरी कर्मचारीहरुलाई एसएसपी रमेश थापाले भने-‘सानो मन नगरी काम गरौं’

जेन-जी आन्दोलनपछि समुदायको सहयोगमा तयार भएको प्रहरी वृत्त थानकोटमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख रमेश थापा पुगेका छन् । निरीक्षणका लागि बिहीबार थानकोट पुगेका उनले सानो मन नगरी काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
‘दुःखका बेला, असाध्यै कठिन घडीमा हामीले काम गरिआएको विगत पनि छ, हाम्रो नेचर नै यस्तै हो,’ उनले भने, ‘त्यसैले सानो मन नगरी अझ सकरात्मक सोचले सक्रिय र एकताका साथ काम गरौं ।’ यो काम देखाउने बेला भएको भन्दै अहिले समाजमा प्रहरीको अझ बढी आवश्यकता भएको बताए ।
‘अहिले मुलुकमा सबैले हाम्रो सशक्त भूमिका अपेक्षा गरेका छन्, तपाईं, …

काठमाडौँ प्रहरीद्वारा तिहारमा अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न आग्रह

काठमाडौं– नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको हो ।
परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसीभैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।
पटाका तथा झिरझिरे पड्काउने …

एसएसपी नवराज अधिकारीद्वारा प्रहरी कर्मचारीलाई रिफ्रेस बनाउन सिनेमाको टिकटदेखि हाइकिङसम्म

काठमाडौं । जेनजीको आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल उच्च बनाउनको लागि एसएसपी नबराज अधिकारीले नौलो अनि फरक किसिमको अभियान सञ्चालन गरेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले जुनियर प्रहरी कर्मचारीलाई बिहीबार राजधानीको कमलदीको सिटी सेन्टरको हलमा ५० जना प्रहरीलाई माइतीघर फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्।
एसएसपी अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ।
“हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने।
प्रहरी कर्मचारीलाई हौसला र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत आफूले फरक फरक ढंगले मनोरञ्जनात्मक कार्यक्रम मिलाउने …

नेपाल प्रहरीका डिएसपी जयश्वर रिमालको कविता : (म-हामी) प्रहरी

मुटु भक्कानिएको छ, मन बहकिएको छ,
बोल्न अनि लेख्न धेरै मन छ !
तर भावनामा बहकिने छुट कहाँ छ र मलाई ?
जिम्मेवारी निर्वाहको क्रममा लागेको चोटमा
आँशु बगाउने छुट समेत छैन मलाई ।
सायद, म एक संवेदनाहिन मानव हुँ !
कर्तव्यको बलिबेदीमा रगत र पसिना धेरै बगाएँ,
तर यहाँ बलिदानीको रगतमा पनि भेदभाव हुँदो रहेछ !
अरुका रगतले व्यवस्थामै परिवर्तन ल्याउँदा पनि
हाम्रा रगत भने सदा मूल्यहिन हुँदा रहेछन् ।
उस्तै जिम्मेवारीमा रहेका अरुले जिम्मेवारी पूरा गरे पनि हुने नगरे पनि हुने,
तर हामीले भने हरेक कठिन परिस्थितिमा ढाल बनी उभिनुपर्ने,
जिम्मेवारी पूरा गर्दा पनि नगर्दा पनि कानुनी कसीमा बाँधिनुपर्ने,
गल्ती भए …

डिएसपी दिनेश घिमिरेको एक सय ९७औं कविता : म देश बोकिरहनेछु

खरानी टाउकाकोमा लगाई
भूतहरूको मसान्तसम्म
मलाई दूत बनेर पठाँइदिनु
र पनि म देश बोकिरहनेछु।।
आगोले जलाईदिनु स्तम्भहरू
आतंकको अन्तिम परिधिसम्म
मलाई घोचिँरहनु परिबर्तनहरूमा
र पनि म सदैव देश बोकिरहनेछु।।
हाँनिरहनु लात्तीहरूले छातीहरूमा
असन्तुष्टिको असिमित पराकाष्ठासम्म
मलाई जसरी सक्छौ लखेटीँरहनु
र पनि म फेरि मेरो देश बोकिरहनेछु।।
पाखण्डको कफन बाधेर उग्रतामा मग्न
हरेक बिम्महरूमा मेरो परिभाषा खोज्नु
मेरा छातीमा आफुखुसी प्रहार गरिरहनु
र पनि म हरेक प्रहरमा देश बोकिरहनेछु।।
मलाई मेरो मुल्य चाँहिदैन फेरि फेरि
छुट्टै फरक अस्तित्व भित्र मलाई नहेर्नु
मेरो मनलाई पटक पटक दुखाईरहनु
र पनि म हरपल देश बोकिरहनेछु।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।