- Home
- Showing Post From:-प्रदेश २
प्रदेश २
०५ साउन , काठमाडौ । रूखमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको छ।
रूखमा लुकाएर राखेको अवस्थामा एउटा भरूवा बन्दुक फेला परेको हो। गौरीगंगा नगरपालिका ८ बढैयापुरस्थित शिवशक्ति सामुदायिक वनभित्रको एउटा सालको रूखमा लुकाएर राखेको अवस्थामा प्रहरीले बन्दुक फेला पारेको हो।
एक नाले भरूवा बन्दुक फेला परेको हो। निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार त्यो बन्दुक सोही वडाको देउराली टोलका २९ वर्षीय पदम दर्लामी मगरको भएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं– नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको हो ।
परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसीभैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।
पटाका तथा झिरझिरे पड्काउने …
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले साउन महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक प्रतीक सिंहलाई घोषण गरेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख इन्सपेक्टर प्रतिक सिंहलाई उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेका छन्।
इन्सपेक्टर प्रतिक सिंहले डुम्रे बजारमा सुन चाँदीका गरगहना चोरी गरेर मुग्लिङ बजारमा लुकेर बसेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई अन्दाजी मूल्य रु २२ लाख बराबरको सुनको गरगहना र धनमाल फेला पारेर अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय आबुखैरेनी पठाएको, एकै पटक ३ स्थानमा घोप्टे भिर, पानीधारा र रिद्दीखोलामा पहिरो खसी सडक आवत जावत बन्द भएको अवस्थामा …
काठमाडौँ । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए।
“गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ”, अधिकारीले भने ।
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौँको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा …
समय हरेक दिनको गतिसगै मातिन्छ
समाजमा अनेकन् अस्वभावहरू देखिन्छन्
झिसमिसेमा अनेकन बिकृतिहरु उठिँदिन्छन
मान्छेहरूका बिभाँजित स्वरहरूको सहरमा
असरल्ल भावहरू समयसगै छताछुल्ल हुन्छन्।
दैनिक क्रियाहरूमाअनेकन द्घन्द्ध स्थापित हुन्छ
हरेक कृयाले आफ्नै द्धन्द्ध सृजना गरिदिन्छ
द्धन्द्धले आफ्नै स्वभाव सृजना गरिदिन्छन
समाजमा अनेकन धारहरूको सृजना हुन्छ
असरल्ल धारहरू समयसगै छताछुल्ल हुन्छन्।।
सोचहरूमा अनेकन बिभेदहरू देखा पर्छन्
सोचले दृष्टिलाई आफैभित्र दिग्भ्रमित बनाँउछ
बिभेदले बिबेकलाई साघुँरो बनाई बिगारी दिन्छ
समाजमा मिश्रित स्वभाहरूको सृजना हुन्छ
असरल्ल बिबेक समयसगै छताछुल्ल हुन्छन्
सम्बन्धका खोलमा अभिनय स्थापित हुन्छ
समयले यो आबश्यकता बनाई बोकाईदिन्छ
समाज र समय हरपलमा अभिनयमा मस्त
आफ्नो समयलाई कोणहरूमा छलीँरहन्छन
असरल्ल सम्बन्धहरू समयसगै छताछुल्ल हुन्छन्।।
समय दिनसगै कहिले स्वभाबमा मातिन्छ
कहिले अबस्थालाई आफै बिगारेर मातिन्छ
समय दिनसगै कहिले …
धनगढी । जिल्ला प्रहरी कार्यालय दार्चुला सर्वोत्कृष्ट बनेको छ । गत आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालयको रूपमा दार्चुला सर्वोत्कृष्ट घोषित भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समीक्षा कार्यक्रममा दार्चुलाले सबै जिल्लामाथि अग्रता जमाउँदै उत्कृष्टताको उपाधि हात पार्यो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकको प्रमुख आतिथ्यमा भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा मातहतका सबै प्रहरी इकाइका प्रमुखहरूले श्रावणदेखि असार मसान्तसम्मका कार्य सम्पादन विवरण प्रस्तुत गरेका थिए ।
कार्यसम्पादन सम्झौताअनुसार प्राप्त तथ्याङ्कहरूको विश्लेषण गर्दा दार्चुला प्रहरीले …
आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेश प्रहरी अन्तर्गत सम्पन्न वार्षिक कार्य सम्पादन समीक्षामा पाँचथर जिल्ला प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार एक आर्थिक बर्षको कार्य प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
समिक्षामा जिल्ला प्रहरी कार्यालय पाँचथर कार्य सम्पादन सम्झौता बमोजिम कार्य गर्नेमा उत्कृष्ट जिल्ला प्रहरी भएको छ ।
साउन ७ गते प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भर्चुअल …
काठमाडौँ: जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । प्रहरी निरीक्षक भट्टले ट्राफिक व्यवस्थापनमा देखाएको सक्रियता, अनुशासन र कामकारबाहीमा पनि प्रभावकारिता देखिएकाले महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराअन्तर्गत मधेश प्रदेशका आठवटै जिल्लाका ट्राफिक कार्यालयहरूबाट प्राप्त मूल्यांकनमा भट्ट उत्कृष्ट ठहरिएको जनाएको छ । प्रहरी निरीक्षक भट्ट ट्राफिक व्यवस्थापन, ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा चाँडो निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वद्वारा विशेष पहिचान बनाउन सफल भएको प्रमाणपत्रमा उल्लेख छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय …
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक दरवन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी जवान कपिल घिमिरे असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्दपुरीका अनुसार विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै अवैध हातहतियार सहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्तिहरु, चोरी पैठारी तथा प्रतिबन्धित विभिन्न ब्राण्डको अवैध औषधी कारोबारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ …









